क्षतिग्रस्त रुसी पानीजहाज डुब्यो समुन्द्रमा


  • क्षतिग्रस्त रुसी पानीजहाज डुब्यो समुन्द्रमा
  • एजेन्सी । बुधवार विस्फोटनका कारण क्षतिग्रस्त भएको रुसी नौसेनाको एक महत्त्वपूर्ण पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।मस्क्भा नामक उक्त लडाकू पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जनाएको थियो। रुसी भाषामा मस्कोलाई भनिने मस्क्भा नाम दिइएको सो लडाकू पानीजहाज वास्तवमा रुसी सेनाको शक्तिको एक जल्दोबल्दो प्रतीक नै थियो।५१० फौज रहेको सो पानीजहाज युक्रेनविरुद्ध रुसी नौसैनिक आक्रमणको प्रमुख हिस्सा पनि थियो। किएभले उसका नेप्च्युन क्षेप्यास्त्र प्रहारले मस्क्भा क्षतिग्रस्त भएको बताएको थियो।रुसले भने कुनै हमला भएको बताएको छैन।बरु आगलागी र विस्फोटनले मस्क्भामा क्षति पुगेको उसले बताएको थियो।पानीजहाजमा रहेका सबैलाई अर्को जहाजमा सारिएको उसले बताएको थियो।बिहीवार खराब मौसमका माझ मस्क्भालाई किनारातर्फ तानेर लगिँदै गर्दा डुबेको रुसको रक्षामन्त्रालयले बताएको छ। मस्कोस्थित बिबिसीका सम्वाददाता स्टिभ रोजेनबर्ग भन्छन्, “मस्क्भा रुसी सैन्य क्षमताको एक प्रतीक जस्तो थियो। त्यो प्रतीक ध्वस्त भएको र डुबेको विषय रुसी सेनाको प्रतिष्ठामा ठूलै धक्का हो।”राष्ट्रपति पुटिनको युक्रेनमा उनको सैन्य कारबाही योजना अनुरूप नै अघि बढिरहेको भन्ने भनाइलाई पनि यसले खण्डन गर्छ।”मस्क्भा ध्वस्त हुनु रुसी नौसेनाको निम्ति गम्भीर धक्का भएको अमेरिकी रक्षा मन्त्रालयले बताएको छ।१२ हजार टन तौलको उक्त पानीजहाज दुश्मनको कारबाहीमा डुब्ने द्वितीय विश्वयुद्ध यताकै सबभन्दा ठूलो हो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *