आईपीएलमा हैदरावादको लागातार तेस्रो जित


  • आईपीएलमा हैदरावादको लागातार तेस्रो जित
  • काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले लागातार तेस्रो जित निकालेको छ । दुई खेल हारेको हैदरावादले लगातार तेस्रो जित निकालेको हो । शुक्रबार भएको खेलमा हैदरावादले कोलकाता नाइड राइडर्सलाई ७ विकेटले हराएको हो । मुम्बईमा भएको खेलमा कोलकाताले दिएको १७६ रनको लक्ष्य हैदरावादले १७।५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेटाएको छ । हैदरावादको जितका लागि राहुल त्रिपाठीले सर्वाधिक ७१ रन र एडेन मार्करमले ६८ रनको अर्धशतकीय योगफल बनाएका थिए । कप्तान केन विलियमसनले १७ रनको योगदान गरे । कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट र प्याट कमिन्सले एक विकेट लिए । पहिले ब्याटिङ गरेको कोलकाताले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । नितेश रानाले ५४, आन्द्रे रसेलले अविजित ४९ र कप्तान श्रेयस यैरले २८ रनको योगदान गरेका थिए ।
    हैदरावादका थनगार्सु नटराजनले तीन, उमरान मलिकले दुई, भूवनेश्वर कुमार, मार्को जेसन र जगदिस सुचितले समान एकरएक विकेट लिए । लगातार तेस्रो जित निकालेपछि हैदरावाद ६ अंकका साथ सातौं स्थानमा उक्लिएको छ । यसअघि हैदरावाद पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग ६१ रन र लखनउ सुपर जायन्टसँग १२ रनले पराजित भएको थियो । त्यसपछि तेस्रो, चौथो र पाँचौं खेलमा क्रमशस् चेन्नेइ सुपर किंस, गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै ६ अंक जोड्न सफल भएको हो । आज आईपीएलका दुई खेल हुँदैछन् । दिउँसो पौने ४ बजे मुम्बइ इन्डियन्स र लखनउ सुपर जायन्ट र राति पौने ८ बजे दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंल्लोरबीच खेल हुँदैछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *