उम्मेदवार टुंगो लगाउन कांग्रेसले वोलायो बैठक


  • उम्मेदवार टुंगो लगाउन कांग्रेसले वोलायो बैठक
  • काठमाडौं । नेपाली कांग्रेसले महानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन पार्टीको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार दिउँसो दुई बजे कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
    पार्टी कार्यालयमा बस्न उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि भनिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । गठबन्धनमा तालमेलअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरमा मेयरमा उम्मेदवारी उठाउने भाग पाएको छ । चितवन, वीरगन्ज र पोखरामा उपमेयर पाएको छ । ती सबै स्थानमा शुक्रबारको बैठकबाट उम्मेदवारको टुंगो लगाइने काँग्रेसको भनाइ छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *