ठाकुरबाबामा दिपक थापा जिताऔं अभियान


  • ठाकुरबाबामा दिपक थापा जिताऔं अभियान
  • बर्दिया । आगामी बैशाख ३० मा हुने स्थानिय निकायको चुनावमा नेकपा एमाले, नेकपा एस ,नेपाली काँग्रेस, माओवादी, जसपा , राप्रपा लगायतका दलहरू चुनावी मैदानमा छन । कांग्रेस, माओवादी, नेकपा एस र जसपाको गठबन्धन भएको खण्डमा धेरै पालीका, वडामा कडा प्रतिस्पर्धा भएपनी बर्दियाको ठाकुरबाबा नगरपालिका वडा न. ६ को वडाध्यक्षमा भने युवा नेता दिपक बहादुर थापाले टिकट पाएसंगै सो वडा एमालेको पोल्टामा आउने निश्चित देखिएको स्थानीय जानकारहरु बताउँछन् । ठाकुरबाबा नगरपालिका वडा न. ६ को वडाध्यक्ष पदमा युवा नेता थापा वलिया उम्मेदवार हुन । वडाध्यक्षमा थापाको जित सुनिश्चित भएकै कारण कांग्रेस र माओवादीका उम्मेदवारले खासै फरक नपर्ने जिल्ला कमिटि सदस्य तथा वडा सह इन्चार्ज रेशम थापाले बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि, सिचाई, यातायात क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राख्नुका साथै पाँच बर्ष भित्रमा पुरा गर्ने प्रतिबद्धता गरेका थापाको पक्षमा यतिबेला ठाकुरबाबा- ६ मा एमालेको जनलहर उर्लिएको छ । थापा विगत लामो समयदेखी समाजमा विभिन्न आर्थिक अवस्था कमजोर भएका, दैविम प्रकोपमा परेकालाई दिनरात नभनि गासबासको प्रवन्ध साथै अन्य सेवा गर्दै आइरहेका कारण स्थानियको रोजाइमा परेका हुन । वडाध्यक्ष पदका उम्मेदवार थापा २८ वर्ष लामो स्वास्थ्य सेवालाई विट मार्दै राजनिति मार्फत समाजसेवामा आउनु भएको हो । थापा कानुनका जानकार साथे अधिवक्ता समेत हुनुहुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *