कांग्रेसमा उम्मेदवार टुंग्याउन शीर्ष नेताहरु छलफलमा


  • कांग्रेसमा उम्मेदवार टुंग्याउन शीर्ष नेताहरु छलफलमा
  • काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा बसेका छन् । आइतबार पार्टी कार्यालय सानेपामा शीर्ष नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् ।
    यसअघि शुक्रबार र शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको छलफलमा सहमति जुट्न नसकेपछि आइतबार साढे १० बजेपछि बसेको हो । अहिले नेताहरुबीच छलफल जारी छ । शीर्ष नेताबीच महानगरपालिका मेयर उपमेयरका उम्मेदवारबारे सहमति जुटेपछि कार्यसम्पादन समिति बैठक बस्नेछ । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरबाट गठबन्धनबाट मेयरको साझा उम्मेदवार खडा गर्दैछ ।
    यस्तै भरतपुर, पोखरा र विरगञ्जमा कांग्रेसबाट उपमेयरको उम्मेदवार हुने छन् । काठमाडौंमा सिर्जना सिंहको नाममा सहमति जुटेपछि विराटनगर र ललितपुरमा सहमति खोजिरहेका छन् । यस्तै उपप्रमुखमा समेत कांग्रेसमा सहमति जुट्न सकेको छैन । आज र भोलि उम्मेदवारी दर्ताको समय भएकाले आजै उम्मेदवार टुंगो लगाउने कांग्रेसले तयारी गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *