बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकार तयार


  • बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकार तयार
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकार तत्पर रहेको बताएका छन् ।
    बुधबार सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेसका महिला नेताहरूको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कारसम्बन्धी मुद्दामा हदम्याद बढाउन सरकार तत्पर रहेको बताएका हुन् ।
    उनले त्यसबारे सरकारले आवश्यक तयारी अघि बढाइसकेको बताए । जाहेरीका लागि तोकिएको हदम्यादको व्यवस्थाकै कारण हिंसापीडित महिलाले न्याय नपाउने अवस्था नहुने उनले बताए ।
    ‘यसबारे सरकार संवेदनशील छ । हदम्याद बढाउनुपर्छ । त्यसको प्रक्रिया अघि बढिसकेको छ,’ ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले भनेको उदृत गर्दै सांसद् एवम् कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले भनिन् । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को नेतृत्वमा महिलासम्बन्धी मुद्दाहरूमा सरकारलाई ध्यानाकर्षणपत्र बुझाउन पुगेको टोलीमा कांग्रेसका महिला नेताहरू सहभागी थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *