संसदमा एमालेको अवरोध बैठक स्थगित


  • संसदमा एमालेको अवरोध बैठक स्थगित
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बजेट बनाउँदा बाहिरी मानिसले राजश्वको दर हेरफेर गरेको पाइएको भन्दै एमालेका सांसदहरूले त्यसबारे सत्यतथ्य छानबिन गर्न संसदीय समिति गठनको माग गरेको गर्दै बैठकमा विरोध गरेका थिए । एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए । यस्तै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने उनको भनाइ थियो । यसपछि सभामुख अग्निप्रसाद सापकोटाले असार १ गते बिहान ११ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *