छानविन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो


  • छानविन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो
  • काठमाडौं । कैदी सुन्दर हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे छानबिन समितिले गृहमन्त्री बालकृष्ण खाणलाई मंगलबार प्रतिवेदन बुझाएको छ । मन्त्री खाणले प्रतिवेदनका समेटिएका विषय कानुन अनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने बताएका छन् ।   गृहमन्त्री खाणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी हरिजनले झुण्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्वको समितिले स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी तयार पारेको प्रतिवेदन बुझ्दै घटनामा प्रतिवेदनले दोषी औल्याएकालाई कानुन अनुरुप कारबाहीको प्रक्रिया सुरु गरिने बताएका हुन् ।   घटनाबारे छानबिन गर्न सहसचिव सेढाईको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट १७ जेठमा ५ सदस्यीय समिति गठन भएको थियो । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य थिए ।   समितिले प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा तत्कालिन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध र्मचारीहरूले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा लापरबाही तथा त्रुटी गरेको र कर्तव्य पालनामा उदासिनता देखाएको उल्लेख गरेको छ । प्रतिवेदनमा प्रस्तुत गरिएका सुझाव लागू गर्न साफारिस गर्दै लागू भएमा कारागार प्रशासन सुध्रन सक्ने संयोजक सेढाईले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *