नेपाल प्रहरीद्वारा एक अर्ब भन्दा वढीको लागुऔषधसहित सात जना विदेशी पक्राउ


  • नेपाल प्रहरीद्वारा एक अर्ब भन्दा वढीको लागुऔषधसहित सात जना विदेशी पक्राउ
  • काठमाडौैं । लागुऔषधसम्बन्धि अपराधको अनुसन्धानमा नेपाल प्रहरीले ऐतिहासिक सफलता पाएको छ । प्रहरीले एक अर्ब रुपैयाँ भन्दा धेरैको सेतो हेरोइनसहित सात जना विदेशीलाई पक्राउ गरेको छ ।   लागुऔषध नियन्त्रण ब्यूरोले दुबई हुँदै नेपाल आएका सात जना दक्षिण अफ्रिकी महिलालाई पक्राउ गरेको हो । उनीहरु पाँच वटा समूहमा आएका थिए । एउटै गिरोहले उनीहरुलाई नेपाल पठाएको आशंका गरिएको छ ।   ब्यूरोले बिहीबार पत्रकार सम्मलेन गरी यो ठूलो सफलताको सार्वजनिक गर्दैछ । अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएर हेरोइन तस्करी गरेको हो । सो गिरोहबाट ५१ किलो सेतो हेरोइन बरामद भएको प्रहरी स्रोत बताउँछ । एक केजी हेरोइनको मूल्य दुई करोड पर्ने गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *