सरकारले कुनै पनि सैन्य सम्झौता गर्दैन : प्रचण्ड



  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले कुनै पनि सैन्य सम्झौता नगर्ने बताएका छन् । विहीबार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा २१औं रितबहादुर खड्का स्मृति दिवस कार्यक्रममा बोल्दै प्रचण्डले स्टेट पाटनरसिप प्रोग्राममामा हस्ताक्षर हुन लागेको भनेर गलत प्रचार गरिएको बताए । ‘राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत विगतमा पनि हामीले देखेको हो हिजोआज पनि एसपीपी सम्झौता भइ नै सक्यो रे भनेर प्रचार गरिदैछ । त्यो विल्कुल झुटो हो,’ प्रचण्डले भने,‘ सरकारले त्यस्तो कुनै सैन्य सम्झौता नगर्ने कुरा म घोषणा गर्न चाहान्छु । प्रधानमन्त्रीले पनि त्यो प्रतिबद्धता गरिसक्नुभएको छ । कोही भ्रममा पर्न जरुरी छैन ।’   एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम केपी ओली नेतृत्वको सरकारले सन् २०१९ मै गरेको उनले बताए ।   ‘यो कुरा सबैले बुझ्नुपर्छ । तर, यो गठबन्धन त्यतातर्फ जाँदैन,’ प्रचण्डले भने, ‘हामी नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा, विकास र समृद्धिको पक्षमा दृढतापुर्वक उभिन्छौं ।’    

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *