मन्त्रिपरिषदको बैठक सुरु, प्रतिनिधिसभा चुनाव मंसिर ४ गते
काठमाडौं ।
मन्त्रिपरिषदको बैठक सुरु भएको छ । १ बजे सुरु भएको बैठकले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने एक मन्त्रीले जानकारी दिए ।
यसअघि बुधबार सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो ।
आजको मन्त्रीपरीषद बैठकमा गृह मन्त्रालयले सोहीअनुसार प्रस्ताव लगेको ती मन्त्रीले बताए ।