बञ्चरेडाँडाको अवरोध हटाउन तीनबुँदे सहमति


  • बञ्चरेडाँडाको अवरोध हटाउन तीनबुँदे सहमति
  • काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा भइरहेको अवरोध हटाउन गएराति तीनबुँदे सहमति भएको छ। काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच भएको छलफलपछि तीनबुँदे सहमति भएको हो। सहमतिपछि हरेक दिन कार्यन्वयन भए नभएको अनुगमन गरिने भएको छ। धादिङको धुनिबेसी नगरपालिका उपप्रमुख सुरज उप्रेतीले गएराति भएको सहमतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए।
    आज बिहान ११ बजे बस्ने सर्वदलीय बैठकमा स्थानीय बासिन्दाको आन्दोलन र सहमतिका बुँदा कार्यान्वयन सम्बन्धमा छलफल हुने जानकारी दिए। गएराति बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र विगतमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति भएको हो। पाँच घण्टा लामो छलफलपछि भएको सहमतिसँगै फोहोर व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ। तर स्थानीयले आन्दोलन फिर्ता लिएका छैनन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *