मनाङमा ४९ वटा नयाँ उद्योग थपिए


  • मनाङमा ४९ वटा नयाँ उद्योग थपिए
  • लमजुङ । हिमाली जिल्ला मनाङमा एक वर्षमा ४९ वटा नयाँ उद्योग थपिएको छ । घरेलु तथा साना उद्योग कार्यालय मनाङका अनुसार ०७८ साउन देखि ०७९ असार सम्मको अवधिमा विभिन्न प्रकृतिका ४९ उद्योग थपिएका हुन् । मनाङमा सवै भन्दा धेरै कृषि तथा वनपैदावर उद्योग दर्ता भएको घरेलु कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले बताए । उनका अनुसार गत आर्थिक वर्षमा कृषि तथा वनपैदावर उद्योग ३१ वटा, पर्यटन उद्योग १७ वटा र एक सेवा मूलक उद्योग थपिएका छन् ।
    दर्ता उद्योगमा ३६ वटा प्राईभेट र १३ वटा साझेदारी फर्म रहेको कार्यालयले जनाएको छ । गत वर्ष जिल्लामा ५२ उद्योग नविकरण भएको छ भने पाँच उद्योगको नामसारी, ६ वटा उद्योगको पूँजी वृद्धि, तीनवटाको नाम परिवर्तन र दुई उद्योगको लगतकट्टा गरिएको कार्यलय प्रमुख पौडेलले बताए । यसैगरी वाणिज्य तर्फ ५ वटा पाँच वटा नयाँ फर्म दर्ता भएका छन् भने सात वाणिज्य फर्म नविकरण भएको छ । कार्यालयले गत वर्ष ४५ जनालाई उद्यमशिलता विकास तालिम र ६७ जनालाई सिपविकास तालिम दिएको छ । कार्यालयले पर्यटन प्रर्वद्धनका लागि पदमार्ग, पार्क लगायतका पर्यटकिय संरचना समेत निमार्ण गरिएको घरेलु कार्यालय मनाङले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *