बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प


  • बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प
  • बाँके । बाँके जिल्ला हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का पश्चिम नेपालसहित भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए । यो गोरखा भूकम्पको परकम्प नभएको सो केन्द्रले जनाएको छ । यसअघि पूर्वी नेपालको पहाडी जिल्ला खोटाङमा गत साउन १५ गते ६ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *