सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं ।
सत्ता गठबन्धनको बैठक आज बस्दै छ।गठबन्धनबिच सिट बाँडफाँटमा सहमति जुटाउने आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरूबाटै सहमति खोज्ने प्रयास भइरहेको छ । गठबन्धनमा रहेका दल आ आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको थिएन ।
यसअघि हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन गएकाले आजका लागि सारिएको हो।