ट्राफिक नियम उल्लंघन गर्ने ३४ सय वढी चालकमाथि कारवाही


  • ट्राफिक नियम उल्लंघन गर्ने ३४ सय वढी चालकमाथि कारवाही
  • काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ४३१ जना सवारी चालकमाथि कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा बिहीबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १८७, लेन अनुशासन पालना नगर्ने १०३, रेड लाइटमा सवारी साधन चलाउने ७५, निषेधित क्षेत्रमा हर्न बजाउने २९१ र राम्रोसँग नम्वर प्लेट नराख्ने ३१ जना सवारी चालक रहेका छन् । यस्तै, २ हजार ७४४ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *