क्यान्सर अस्पतालमा जेष्ठ नागरिकलाई सेवा शुल्कमा ५० प्रतिशत छुट: अध्यक्ष मल्ल


  • क्यान्सर अस्पतालमा जेष्ठ नागरिकलाई सेवा शुल्कमा ५० प्रतिशत छुट: अध्यक्ष मल्ल
  • खजुरा । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले नागरिकलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले पदभार ग्रहण गर्दै समितिको आन्तरिक स्रोतबाट खर्च ब्यहोर्ने गरी जेष्ठ नागरिकलाई सेवा शुल्कमा ५० प्रतिशत छुट र विपन्न तथा गरिब सेवाग्राहीलाई सम्वन्धित स्थानिय तहको सिफारिसमा दुई वटा बेड निशुल्क उपलब्ध गराउने निर्णय गरिएको घोषणा गरेका हुन । अध्यक्ष मल्लले भने-` क्यान्सर रोगबाट पीडित भई उपचार गराउँदै रहेका ७० वर्ष उमेर नाघेका जेष्ठ नागरिकहरुका लागि नेपाल सरकारबाट प्राप्त गर्ने विपन्न नागरिक सेवा, प्रदेश विपन्न सेवा तथा स्वास्थ्य विमा सेवा सकिएको अवस्थामा खजुरा क्यान्सर अस्पतालको विकास समितिको श्रोतबाट खर्च व्यहोर्ने गरी सेवा शुल्कमा ५० प्रतिशत छुट दिने र विपन्न तथा गरिब सेवाग्राहीलाई सम्वन्धित स्थानिय तहको सिफारिसमा दुई वटा बेड निशुल्क उपलब्ध गराउनका लागि दुई वटा बेड उपलब्ध गराउने निर्णय गरेका छौँ ।´ अध्यक्ष मल्लले खजुराका जनताको आशा र भरोसाको केन्द्र क्यान्सर अस्पताललाई आफ्नो कार्यकालमा अझ उचाईमा पुर्‍याउने बताएका छन् । क्यान्सर अस्पतालमा थप्नुपर्ने पुर्वाधार लगायत सेवाहरुको लागि हरसम्भव कोसिस गर्दै अस्पताललाई क्यान्सर विशेषज्ञ अस्पताल बनाउनका लागि आवश्पयक पर्ने र त्यसका लागि कर्मचारी, स्थानीयको सहयोगको अपेक्षा रहेको बताएका छन् । अध्यक्ष मल्लले क्यान्सर अस्पतालकालागी समग्र लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायतका जनताहरुलाई प्रत्यक्ष लाभ दिने समेत वताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *