बेलायतकी महारानी एलिजावेथको निधन


  • बेलायतकी महारानी एलिजावेथको निधन
  • काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनप्रति विश्वभरका नेताहरुले दुःख व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका धेरै देशका नेताहरुले सहानूभूती व्यक्त गरेका हुन् । बेलायतको इतिहासमै सबैभन्दा लामो समय राजगद्दीको नेतृत्व गरेकाले पनि उनको निधनप्रति विश्वको ध्यान खिचिएको हो । महारानी एलिवेथ द्धितियको बिहीबार ९६ बर्षको उमेरमा निधन भएको बेलायती राजदरवारले घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले उनको निधनको खबर सुनेर आफू स्तब्ध भएको उल्लेख गरेका छन् । ‘विश्वव्यापी नेतृत्व गरेकी र सबैलाई प्रेरणाको श्रोत बन्दै आएकी महारानीको निधनले मलाई दुखि बनाएको छ, बेलायती राजपरिवार र बेलायती जनताप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु’ उनले जारी गरेको शोक वक्तव्यमा लेखिएको छ । संयुक्त राष्ट्रसंघप्रति महारानी सधैँ असल साथीको रुपमा रहेको स्मरण गर्दै महासचिव गुटेरेसले राष्ट्रसंघले एउटा असल साथी र असल अविभावक गुमाएको उल्लेख गरेका छन् । यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रेरणादायी नेतृत्वको रुपमा स्मरण गरेका छन् । उनले प्रकाशित गरेको शोक वक्तव्यमा महारानीको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानुभूती व्यक्त गरिएको छ । सन् २०१५ र सन् २०१८ मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजावेथ द्धितीयलाई भेटेको स्मरण पनि उनले गरेका छन् । ‘उहाँको त्यो आत्मियता, स्नेह र अविभावकत्व मैले कहिले भुल्न सक्दिन’ प्रधानमन्त्री मोदीले लेखेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *