महावीर पुनलाई ‘भवन कीर्ति पुरस्कार’ प्रदान गरिँदै
काठमाडौं ।
राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनले एक करोड रुपैयाँ राशीको पुरस्कार प्रदान गर्ने भएको छ ।
नेपालकै ठूलो धनराशिको ‘भवन कीर्ति रत्न’ पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्न लागिएको हो ।
नेपालको विकासमा पुन पु¥याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा उक्त पुरस्कार प्रदान गर्न लागिएको जनाएको छ ।
बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १०औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका थिए । उक्त पुरस्कार यही आउने मंगलबार काठमाडौंमा प्रदान गरिने भएको छ ।