बार्सिलोना शीर्षस्थानमा उक्लियो


  • बार्सिलोना शीर्षस्थानमा उक्लियो
  • एजेन्सी । रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना कम्तीमा एक दिनको लागि स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाले रियल मलोर्कालाई १–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । बार्सिलोनाको जितमा पहिलो हाफमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो । उनले २०औं मिनेटमा अन्सु फातीको पासमा गोल गर्न सफल भएका थिए । मलोर्कामा शनिबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोलीविरुद्ध ७२ प्रतिशत बल पोसेसन राखेपनि थप गोल भने गर्न नसक्दा लेवान्डोस्कीको गोल नै निर्णायक बन्न पुग्यो । यो जितसँगै शीर्षस्थानमा उक्लिएको बार्सिलोनाको ७ खेलबाट १९ अंक पुगेको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको १८ अंक छ । पराजित मलोर्का ८ अंक जोडेर १०औं स्थानमा छ । ला लिगाकै अर्काे खेलमा एट्लेटिको म्याड्रिडले सेभियालाई २–० ले पराजित गरेको छ । एट्लेटिकोको जितमा मार्काेस लोरेन्टे र अल्भारो मोराटाले गोल गरे । यो जितसँगै एट्लेटिको ७ खेलबाट १३ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । सेभिया ५ अंक जोडेर १६औं स्थानमा रहेको छ ।हाम्रोखेलकुद

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *