नेपालको फिफा वरियतामा सुधार


  • नेपालको फिफा वरियतामा सुधार
  • काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरियता सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपालको वरियता एक स्थानले सुधार भएको हो । नयाँ वरियता अनुसार नेपाल १ सय ७५ औं स्थानमा रहेको छ । यसअघि अगष्टमा भएको वरियतामा नेपाल १ सय ७६ औं स्थानमा थियो । यसबीचमा भएको एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली टोली सफलता मिलेको थियो । दशरथ रंगशलामा असोज ११ गते भएको मैत्रीपूर्ण खेलमा नेपालले अन्जन विष्टको ह्याट्रिकमा बंगलादेशलाई ३–१ हराएको थियो । दक्षिण एसियाली राष्ट्रमा भारत अगाडि रहेको छ । दुई स्थानले पछि परेको भारतको नयाँ वरियता एक सय छैटौं स्थानमा छ । नेपाल भन्दा अघि रहेको माल्दिभ्सको फिफा वरियता १ सय ५४ औं स्थानमा रहेको छ । नेपाल भन्दा पछि रहेका भुटान १ सय ८५ औं, बंगलादेश १ सय ९२ औं, पाकिस्तान १ सय ९८ औं र श्रीलंका २ सय सातौं स्थानमा रहेको छ । फिफा वरियताको शीर्षस्थानमा ब्राजिल, दोस्रो स्थानमा बेल्जियम, तेस्रोमा अर्जेन्टिना, चौथोमा फ्रान्स र पाँचौं स्थानमा इग्ल्यान्ड रहेको छ । त्यस्तै इटाली छैटौं, स्पेन सातौं, नेदरल्यान्ड्स आठौं, पोर्चुगल नवौं, डेनमार्क दशौं स्थानमा रहेको छ । जर्मनी ११ औं स्थानमा छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *