जब मध्यराती इन्सपेक्टर महिलाको ब्यारेकमा छिरे
काठमाडौं ।
दसैंका बेला नेपाल प्रहरीका एक अधिकृतको हर्कतले सिंगो संगठन बदनाम हुन पुगेको छ । आफ्नै प्रहरी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा एक इन्सपेक्टर यतीबेला प्रहरी हिरासतमा छन् ।
धादिङको इप्रका खानीखोलामा कार्यरत इन्सपेक्टर अपूर्व ढुंगानाले यस्तो हर्कत गरेका हुन् । गत १५ असोजको राती उनी महिला ब्यारेकमा गएर एक महिला प्रहरीमाथि बलात्कार प्रयास गरेका थिए । सुरुमा आफु निरीक्षणको लागि आएको बताएर त्यहाँ बली एक महिला प्रहरीमाथि दुव्र्यवहार गरी सम्बन्धको प्रस्ताव राखेका थिए । हालै मात्र भर्ना भएकी ती महिलाले प्रतिवाद गरी माथिल्लो निकायमा जानकारी गराएकी थिइन् । सोही आधारमा भोलिपल्टै उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङले जबरजस्तीकरणी उद्योग मुद्दामा कारबाही अघि बढाएको छ ।
चार वर्षअघि इन्सपेक्टरमा बढुवा भएका ढुंगाना एक कांग्रेस नेताका भान्जा हुन् । पहिलेदेखि नै विवादित उनी कांग्रेस नेताको सिफारिसकै आधारमा त्यहाँ पुगेका थिए । पछिल्लो समय बदनाम अधिकृत नै सिफारिसका आधारमा इन्चार्ज पाइरहेका छन् । त्यसरी गएकाहरु खुलेआम लुटमा लाग्दा पनि प्रहरी नेतृत्व मुकदर्शक बनेको छ ।दृष्टिन्युज