सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए राष्ट्रिय झण्डा


  • सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए राष्ट्रिय झण्डा
  • काठमाण्डौं । वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएका छन् ।  ललितपुर महानगरपालिका परिसरमा  श्रद्धाञ्जलीका लागि राखिएको जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय झण्डा ओढाएका हुन् । जोशीलाई श्रद्धाञ्जली दिन सभामुख अग्नि सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री पम्फा भुसाल, नेता वामदेव गौतम, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायत पुगेका थिए ।   उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको हो ।    

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *