गृह मन्त्रालयले गर्यो प्रहरीमा छड्के


  • गृह मन्त्रालयले गर्यो प्रहरीमा छड्के
  • काठमाडौं । सुरक्षा निकायमा विकृति बढेको गुनासोपछि गृह मन्त्रालयले छड्के थालेको छ । हालै तीन जिल्लामा गृह मन्त्रालयले छड्के गर्दा धेरै विकृति भेटिएका छन् ।
    सहसचिव डा भीष्मराज भुसाल नेतृत्वको टोलीले पूर्वको झापा, मोरङ र सुनसरीमा आकस्मिक निरीक्षण गरेको हो । जहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र सिडिओहरुको समेत कतिपय गतिविधि गैरव्यावसायिक भएको पाइएको स्रोत बताउँछ । समितिले केही दिनमै गृहसचिव विनोदप्रकाश सिंहलाई बुझाउने तयारी गरेको छ । जस आधारमा केही प्रहरी कारबाहीमा पर्ने सम्भावना रहेको बताइन्छ ।
    चुनावको मुखमा पूर्वमा सुपारीलगायत सामानको तस्करी बढेको छ । प्रहरीकै मिलेमतोमा यस्तो तस्करी बढेको स्रोत बताउँछ । तस्करीमा कुरा नमिलेपछि भारततर्फबाट केही ट्रक सुपारी दुई महिनाअघि बरामद गरिएको थियो । जसलाई सेटिङ मिलाएर हालै छाडिएको छ । यसमा डिआइजी सुदीप गिरी प्रयोग भएका थिए । उनै गिरीले प्रहरी दिवसमा प्रहरी ब्याटन पुरस्कार पाएका छन् । प्रदेश नं १ का सशस्त्र प्रहरीका डिआइजी कमल गिरीले पनि राम्रो काम गरेका छैनन् । एक वर्ष अवधि पुगेपछि पनि उनी सोही ठाउँमा बस्न सफल भएका छन् । त्यही बसेपछि मातहतबाट मासिक पैसा नै उठाउने गरेको उजुरी परेको थियो । गृहको छड्के टोलीको सिफारिस कार्यान्वायन भएमा केही प्रहरी कारबाहीमा पर्ने बताइएको छ । उता छड्के टोलीमा जानका लागि डिआइजी भीम ढकालले गरेको चलखेलको विषय प्रहरी प्रधान कार्यालयमा चर्चाको विषय बनेको छ । सो टोलीमा आफूलाई राखिदिनका लागि भनेर उनले गृह मन्त्रालयबाटै आफ्नो नाम किटेर पत्र लेख्न लगाएका थिए । जबकि गृहले सामान्यतया प्रतिनिधि पठाइदिन भनेर पत्र लेख्ने गर्दछ । तर, ढकालले भने प्रहरीको चेन अफ कमाण्डविपरीत आफ्नो नाममा पत्र लेख्न लगाएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *