एमाले अध्यक्ष ओली चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम जादै



काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश जाने भएका छन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौं फर्किएका थिए ।
उनी २६ कात्तिकमा सुदूरपश्चिमका तीन स्थानका आमसभालाई सम्वोधन गर्ने भएका हुन् । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले कात्तिक २६ गते बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
ओलीले कात्तिक १८ गते पनि दाुर्चला, बैतडी र कञ्चनपुरको महेन्द्रनगरका तीनवटा सभालाई सम्बोधन गरेका थिए ।