गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु भेटियो



काठमाडौं ।
नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ ।
भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो । घरको कम्पाउण्डमा बम जस्तो वस्तु भेटिएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी दिए ।
आज बिहान छिमेकीले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट भएको थियो ।
काभ्रे २ बाट निर्वाचित एमाले नेता बास्कोटा काभ्रेस्थित घरमा रहेको उनको सचिवालयले जनाएको छ ।