नेकपा एस कर्णालीको समानुपातिकमा कल्याणी खड्का सिफारिस



काठमाडौं ।
कणाली प्रदेशमा एक सिट पाएको नेकपा एकीकृत समाजवादीले समानुपातिकमा सांसदको नाम टुंगो लगाएको छ । यस प्रदेशमा नेकपा एसले रुकुमपश्चिमको चौरजहारी नगरपालिका निवासी कल्याणी खड्काको नाम सिफारिस गरेको हो ।
खड्का अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् । रुकुमकी पार्टी उपाध्यक्ष समेत रहेकी उनी खस आर्य महिलातर्फ एक नम्बर सूचीमा थिइन् ।