गोली लागेर ताप्लेजुङमा ५८ वर्षीय ललित गुरुङको मृत्यु


  • गोली लागेर ताप्लेजुङमा ५८ वर्षीय ललित गुरुङको मृत्यु
  • काठमाडौं । ताप्लेजुङमा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ ।

    आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्न गएका ५८ वर्षीय ललित गुरुङको उनकै साथीले चलाएको बन्दुकको छर्रा लागेर मृत्यु भएको हो ।



  • गएराति शिकार खेल्नसँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *