प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै


  • प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्ने भएको छ । वर्तमान संसद्को पहिलो अधिवेशनको १८ औँ बैठक बस्न लागेको हो ।

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ. व. २०७८/०७९) पेस गर्ने सम्भावित कार्यसूची छ ।



  • यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि सभापति केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *