चितवन । राप्ती नगरपालिका-१ लोथरबाट १ सय ८१ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारत पुर्वी चम्पारण बिहार रक्सोल-८ बस्ने ३० वर्षीय कुन्दन पटेललाई शुक्रबार बिहान उक्त लागुऔषाधसहित प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले बीआर ०६ जी २१२८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकभित्र लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक पटेललाई पक्राउ गरेको हो ।