काठमाडौं । काठमाडौंको तारकेश्वरमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु हो ।

मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ । दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।