काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सय केजी सुन काण्डमाथिको छानविनलाई जरैसम्म पुर्याउने प्रतिवद्धता जनाएका छन् ।
आज शुक्रबार विमानस्थल भन्सार र अध्यागमन कार्यालयको अनुगमनपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले सुन आयात घटनाको जरैसम्म पुगेर दोषी जोसुकै भएपनि कारबाही गरिने प्रतिवद्धता जनाएका हुन् । उनले अहिलेको घटनाका दोषीलाई कारबाही र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइन समेत बताए ।
कतै तीन ब– (बालकोट, बालुवाटार र बूढानीलकण्ठ) मिलेर यो घटना सामसुम पारिने त होइन ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री श्रेष्ठले भने, ‘भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दाखेरी तीन ‘ब’ ले रोक्न सक्दै्न । कोट, टार र पार्टी जोसुकै भएपनि हामीले अनुसन्धानलाई जरैसम्म पुर्याउँछौं ।’
साथै उनले विमानस्थलको भन्सारमा प्रहरीलाई पनि सामेल गर्ने विषयमा सरकारले सोचिरहेको बताए ।