काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । लुम्बिनी प्रदेश सचिव समेत रहेका उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफुले पार्टी परित्या गरेको घोषणा गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘आजबाट स्वतन्त्र वामपन्थी । आहा ! क्या टाउको हलुङ्गो ।’ गुरुङ एमाले विभाजित भएपछि एकीकृत समाजवादीमा आवद्ध भएका थिए ।