नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो


  • नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो
  • काठमाडौं । नेपालमा पहिलो पटक कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन. वानको सङ्क्रमण पुष्टि भएको छ ।

    जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन वान को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।



  • देशका विभिन्न भागहरूबाट सङ्कलन गरिएका १६ वटा पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ गते गरेको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट सात वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन.वान पुष्टि भएको हो ।

    अहिले चीन, भारतलगायत विश्वका केही देशहरूमा कोभिड – १९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन. वानको जोखिम बढिरहेकोले आवश्यक निगरानी एवम् सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *