‘नेपाल कल्चर फेस्टिवल’ : आगामी फागुन २४ र २५ गते हुँदै


  • 'नेपाल कल्चर फेस्टिवल' : आगामी फागुन २४ र २५ गते हुँदै
  • नेपालगन्ज : नेपालकै ठूलो फेस्टिवल 'नेपाल कल्चर फेस्टिवल'को आयोजना हुनेभएको छ। अनतरालको आयोजनामा आगामी फागुन २४ र २५ गते 'नेपाल कल्चर फेस्टिवल' हुने आयोजक टिमले जनाएको छ।

    आयोजकका अनुसार देशै भरको संस्कृति एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यले आयोजना हुन लागेको फेस्टिवलमा स्थानीय दर्जन बढी संघ संस्थाहरुले सहकार्य गर्दैछन् । फेस्टिवलमा नेपाली मौलिक कला संस्कृति, गीत संगीत , नाच, लोकबाजा, भेषभुषा, खाना, भाषा र हस्तकलाको प्रवर्द्धन तथा प्रचारप्रसार गरिनेछ ।

    सुदुर पश्चिमको डेउडा नृत्य, पुर्वी नेपालको लिम्बु संस्कृतिमा आधारित च्याब्रुङ्ग नाच र पालाम, तराइको थारु र अवधि नृत्य तथा गीतदेखि पहाडी क्षेत्रको पञ्चेबाजा र हिमालको शेर्पा संस्कृति झल्किने नृत्यका साथै काठमाण्डौ उपत्यकाको नेवार संस्कृतिमा आधारित धिमे बाजादेखि लाखे नाचसम्म एउटै स्टेजमा प्रस्तुत गरिने फेस्टिवलका परिकल्पनाकार तथा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले जानकारी दिए।

    'भाषा, संस्कृति, गीत एवम् नृत्यका अध्येताहरु र चाडपर्व अनि रितिरिवाजका जानकारहरुबीच फेस्टिवलमा छलफल र विचार विमर्श हुनेछ', शाहले भने- ‘यो नेपाली गीतसंगीत, नृत्य,भेषभुषा र संस्कृति झल्काउने संभवत नेपालकै ठूलो ईभेन्ट हो ।बहुसांस्कृतिक, बहुभाषी संस्कृति रहेको हाम्रो देशमा सयौंथरी नाच र गीत रहेका छन् । यसको प्रवर्द्धन, अध्यन अनि अनुसंन्धान गर्नु फेस्टिवलको उद्देश्य हुनेछ।'



  • कतिपय परम्परागत बाजाहरु, भेषभुषाहरु, गहनाहरु, लोपहुने अवस्थामा पूगेकाले पूराना पुस्ताका गीतहरु नयाँ पुस्ताले नबुझ्ने स्थिति भएकाले सबैखाले संस्कृति र गीतसंगीतको साझा मञ्चको रुपमा फेस्टिवल आयोजना गर्न लागिएको बताइएको छ।

    नेपालगंज रंगशालामा हुने यस फेस्टिवलमा मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछ ।  शास्त्रीय संगीतदेखि पछिल्लो पुस्ताको पप रकसम्मको प्रस्तुती रहनेछ । स्थानीय नव प्रतिभाहरुलाई विशेष प्राथामिकता दिइने फेस्टिवलमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका व्याण्डदेखि चर्चित गायक गायिकाहरुले आफ्नो प्रस्तुति दिनेछन् ।

    देश भनेको भूगोल मात्र नभएको शाहको धारणा छ। संस्कृति जोगिएन भने पहिचान मेटिँदै जाने भएकोले ‘नेपाल कल्चर फेस्टिवल'को अवसरमा नेपालगंजमा सिंगो नेपाल झल्किने शाहले बताए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *