नेपालगंज: बाँके प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । खुला सिमानाका भएकै कारण भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा ४ लाख ३४ हजार मूल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले बरामद गरेको हो ।

कपडा,जुत्ता, चिनी, सुर्ती, प्रफ्युम (सेन्ट), लागायतका समानहरु फेला पारी बरामद गरिएको बांके प्रहरीले जनाएको छ ।आवश्यक कारवाहीको लागि सामानहरु भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाकेका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक नारायण डांगीले जानकारी दिए ।