बैशाखदेखी दरबारमार्ग र ठमेल २४ सै घण्टा खुलाउने घोषणा 


  • बैशाखदेखी दरबारमार्ग र ठमेल २४ सै घण्टा खुलाउने घोषणा 
  • काठमाडौं । व्यवसायीहरूले वैशाख १ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने घोषणा गरेका छन् ।

    बिहीबार ठमेल प्रर्यटन विकास परिषद र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् ।

    गृह मन्त्रीको सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रही दरबारमार्ग र ठमेल २४ सै घन्टा व्यवसाय संचालन गराउन चालेको कदमलाई सकारात्मक रूपमा लिएको परिषद् र बोर्डको भनाइ छ ।



  • यद्यपी ठमेल भगवान बहाल क्षेत्र भित्रका व्यवसायीले २४ घण्टा व्यवसाय संचालन गराउन नपाउने ठमेल पर्यटन बोर्डले जनाएको छ । ठमेलको भगवान बहालमा स्थानीयको बसोबास भएकाले १० बजेदेखि ६ बजेसम्मे व्यवसाय सञ्चालन गरणने नसकिने ठमेल पर्यटन बोर्डका अध्यक्ष भविश्वर शर्माले बताए ।

    शर्माले भने, ‘ठमेलको भगवानबाहालमा स्थानीयहरूले सुरक्षित महसुस नगरेसम्म त्याहाँ व्यवसाय सञ्चालन गर्नमा रोक लगाएका छौ । त्यसमा गृह मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ । भगवान बाहललाई केही समयपछि पूर्णरूपमा २४ सै घण्टा सञ्चालनमा ल्याइने छ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *