लमही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद विस्तार गरेका छन् । चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका महराले आज दोस्रोपटक मन्त्रिपरिषद विस्तार गरेका हुन् । उनले यसअघि विनाविभागीय मन्त्री बनेका तीन जनालाई विभागीय जिम्मेवारी दिएका छन् ।
माओवादीबाट रोल्पाका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै एमालेबाट संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्य मन्त्री छन् । आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसपाबाट भण्डारीलाल अहिर मन्त्री छन् । उनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै खड्ग बस्नेत, भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुनकुमार केसी, रत्नबहादुर खत्री र धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री बनेका छन् । सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले नयाँ मन्त्रीहरुको सांझ ५ बजे शपथग्रहण हुने बताए ।
