लमजुङमा पहिरोले ३ घर बगाउदा ४ जना बेपता


  • लमजुङमा पहिरोले ३ घर बगाउदा ४ जना बेपता
  • लमजुङ । अविरल वर्षापछि आएको बाढी र पहिरोले लमजुङमा घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा गएराति गएको पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।

    पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको उनले बताए । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए ।



  • उनका अनुसार उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल हिंडिसकेको छ । त्यस क्षेत्रमा अहिले पानी परिरहेको छ । सञ्चार असुविधाका कारण थप विवरण नआएको डीएसपी घलेले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *