लुम्बिनीका मुख्यमन्त्रीसहित १० मन्त्रीको सपथ आज


  • लुम्बिनीका मुख्यमन्त्रीसहित १० मन्त्रीको सपथ आज
  • नेपालगंज । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसका १० मन्त्रीहरुले आज बुधवार शपथ ग्रहण लिँदैछन् । लुम्बिनीको मुख्यमन्त्रीमा सोमबार आचार्य नियुक्त भएका हुन् । उनीहरुको अहिले बिहान १० बजे सपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति यसअघि गरेका छन् ।

    मंगलबार राती मात्रै दुवै दलले मन्त्रीको नाम टुंगो लगाएकाे हो । एमालेका केन्द्रीय सदस्य तथा मन्त्रीमा नाम सिफारिस भएका भूमिश्वर ढकालका अनुसार मन्त्री हुनेहरुमा रुपन्देहीका भुमिश्वर ढकाल र गुल्मीका दिनेश पन्थी दोहोरिएका छन् ।

    यसअघि ढकाल जोखबहादुर महराको नेतृत्वको सरकारमा सहरी बिकासमन्त्री, पन्थी आन्तरिक मामिलामन्त्री थिए । त्यसैगरी पाल्पाका खेमबहादुर सारु र दाङकी सीता शर्मा मन्त्रीमा नयाँ अनुहार हुन् ।



  • यसैगरी नेपाली कांग्रेसबाट पनि ५ मन्त्रीले सँगै शपथ लिनेछन् । मंगलबार राती कांग्रेसले बर्दियाका जन्मजय तिमिलसिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

    दुवै दलले मंगलवार मन्त्री छान्न ढिलाई गरेकाले बुधबार बिहान बिनाविभागीय रुपमा शपथ लिने र बिहीबार मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ । 

    कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बनेका हुनु् भने अरु सबै नयाँ हुन् ।
    लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *