तिलु शर्माको तीज गीत ‘छोरी भर जन्मनु’: विवाहित चेलीले पाएको पीडा


  • तिलु शर्माको तीज गीत 'छोरी भर जन्मनु': विवाहित चेलीले पाएको पीडा
  • दर्शन सुनार/कतार : नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै नयाँ गीततहरु पनि श्रोता दर्शक माझ आउने क्रम बढदो छ।

    यसैबीच तिलु शर्मा पौडेल र प्रवेश पौडेलको शब्द/ संगीत अनि शान्ती श्री परियारको आवाज रहेको 'छोरी भर जन्मनु' मौलिक तीज गीत सार्वजनिक भएको छ। बाबा इन्टरटेन्मेन्ट युट्युव च्यानल मार्फत गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो।



  • मौलिकतालाई झल्काउने गीत भिडियोको निर्देशन प्रविन थापाले गरेका छन् भने भिडियोमा अजय रेग्मीको छांयाकन र अमृत चापागाईंको सम्पादन रहेको छ । भिडियोमा कलाकार अशुं थापा महर्जन,स्मारिका ढकाल,दुर्गेश थापा,वर्षा लम्साल, र सन्ध्या अर्यालले अभिनय  गरेका छन् ।

    गीतका निर्माता तिलु शर्मा पौडेल हुन्। उनले नेपाली नारीहरुलाई समर्पित गर्दै उक्त गीत बजारमा ल्याएको बताए। गीतले यतिबेला दर्शक श्रोताहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। विवाह भएर पराई घर गएकी एक चेलीले पाएको पीडालाई भिडियोमा देखाइएको छ।

    https://youtu.be/3uRNYUvDeQE?si=icHG7mRyktkP4o0j

    Leave a reply

    • Facebook Comments