काठमाडौं । चर्चित लोक गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ । यो गीत युट्युबमा अपलोड गरिएको ९ घण्टामै ५ लाख ४२ हजार बढी भ्युअर्स पाइसकेको छ ।
प्रत्येक वर्ष नयां तीज गीत ल्याउने माझिले यसपालीको तीजलाई पनी लक्षित गर्दै ‘आइनँ आमा यो तिजमा’ बोलको गीत गाएकी छन् ।
विष्णु माझीको हरेक तीज गीतमा महिलाका पीडा समेटिएको हुन्छ । जसकारण माझीका गीतको दर्शकका लागि पखाईको हुन्छ । विष्णु माझीले गाएको ‘आइनँ आमा यो तीजमा’ बोलको गीत सार्वजनिक भएसँगै चर्चा आएको छ ।

‘पुतलीको भट्टी भाग २०’ मा समावेश गरिएको गीतमा विष्णुको एकल स्वर सुन्न सकिन्छ । विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन् । गीतमा तीजमा माइत जान नपाएको कुरालाई समेटिएको छ ।
गीतको भिडिओमा मोडल ललिता पौडेललाई देख्न सकिन्छ । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोलाई सुन्दरमणीले नै निर्देशन गरेका हुन् । शम्भु चालिसेले खिँचेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।