कतारमा ३९ जना नेपालीले गरे रक्तदान


  • कतारमा ३९ जना नेपालीले गरे रक्तदान
  • दर्शन सुनार/कतार : "उत्कृष्ट मानविय सेवाबाट अभिप्रेरित भई रक्तदान-जिवनदान" भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    शेष घलेद्धारा सरंक्षित गैर आवासिय नेपाली संघ कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।



  • शुक्रबार कतारको हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ९० जनाको उपस्थिति रहेको थियो । ५३ जनाले रक्तदान गर्नको लागि रजिष्ट्रेसन गरेका थिए । जस मध्य ३९ जना रक्तदान गर्न सफल भएको र १४ जना रक्तदान गर्न बञ्चित रहेको नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिए ।

    गैर आवासिय नेपाली संघले बकार्यक्रममा उपस्थित भएर रक्तदान गरेका सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै  प्रशंसा पत्रले समेत सम्मान गरेको थियो । रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई संघका अध्यक्ष सुनिल कुमार घिमिरेले हार्दिक आभार व्यक्त गरे ।

    कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक तथा बैचारिक संस्थाहरुका प्रमुख तथा प्रतिनिधि,समाजसेवी,बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रम बिहान ८ बजे देखि मध्यांन्ह १२ बजे सम्म चलेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *