बिक्रम बाह्रघरे, कोलोराडो । मगर संघ अमेरीका कोलोराडो च्याप्टरको आयोजनामा मगर समुदायको राष्ट्रिय पर्व माघे संक्रान्ति सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गत जनवरी १२ तारिक आईतवारको दिन च्याप्टरले Westminister स्थित नेपाली सांस्कृतिक घरमा कार्यक्रमको आयोजना गरी भव्य रुपमा सम्पन्न गरेको हो ।
कार्यक्रममा मगर समुदायको लोकप्रिय नाच सोरठी, लाईभ कौराह , लाईभ पन्चेवाजा लगायत अन्य मौलिक नेपाली गितमा दर्शक झुमेका थिए । कौराह र सोरठी नृत्य नेपालमा विशेष गरी मगर, गुरुङ र दुरा समुदायको परम्परा अनुसारको लोकप्रिय नाच हो । यो नाच तनहुँ, लमजुङ, गोर्खा, कास्की, स्याङ्जा, पाल्पा, चितवन , नवलपरासी आदि जिल्लाहरूका गुरुङ,मगर र दुरा समुदायमा नाच्ने गरिन्छ । नेपालमा प्रचलित रहेको पन्जेवाजाको धुन कोलोराडोको डेन्भरमा पनि घन्किएको थियो । बाजाले सहभागिहरुलाई छमछमी नचाएको थियो ।
कार्यक्रमा मगर समुदायमा प्रचलित रहेका खानेकुरा बारा (वटुक), सेलरोटी , नाम्या (तरुल) लगायतका खानेकुराहरु पनि राखिएको थियो । मगर समुदायले विशेष गरि माघे संक्रान्तिको दिन तरुल खाने चलन रहेको छ । कार्यक्रममा मगर भेषभुषा लगाएर सहभागिहरु उपस्थित भएका थिए, जसले प्रदेशमा मगर संस्कार र संस्कृति झल्किएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगर संघ अमेरीकाका केन्द्रिय उपाध्यक्ष (पुर्वि क्षेत्र) जिवराज बुढा मगरले केन्द्रको आह्वानमा ८ वटै च्यापटरमा कार्यक्रमहरु भएको बताउनु भयो । मगर समुदायको संस्कृति बचाईराख्न अमेरीकामा रहेको आउने अर्को पुस्ताका पनि हस्तारण गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रमका च्याप्टरका अध्यक्ष कृष्ण थापा मगरले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिदै, सदाको वर्ष जस्तै यस वर्ष पनि च्याप्टरले कार्यक्रम गरि माघे संक्रान्ति मनाएको बताउनुभयो ।
कार्यक्रम कोलोराडो च्याप्टरका सचिव उपेन्द्र राना मगर र सदस्य विक्रम बाह्रघरेले सन्चालन गरेका थिए। कोलोराडोमा रहेका विभिन्न संघ संस्था, मगर तथा गैर मगरहरुको कार्यक्रममा सहभागिता रहेको थियो।