कोरोना प्रभावित नागरिकलाई पैसा बाड्दै दक्षिण कोरिया



काठमाडौं ।
दक्षिण कोरियाले कोरोना महामारीमा प्रभावित आफ्ना नागरिकलाई पैसा बाँड्ने भएको छ। कोरोना महामारी सुरु भएयता दक्षिण कोरियाको सरकारले दोस्रो पटक पैसा बाँड्न लागेको हो।
एक टेलिभिजन अन्तरवार्तामा बोल्दै अर्थ मन्त्री हङ्ग नेम कीले आवश्यक परेका नागरिकलाई पैसा वितरण गरिने जानकारी दिएका बीबीसीले जनाएको छ। कोरोनाका कारण लागू गरिएको नियमले अर्थव्यवस्थामा क्षति पुगिरहेको भन्दै पैसा बाँड्न आवश्यक भएको उनको भनाइ छ। सरकारले यसअघि गत मे महिनामा सबै परिवारलाई नगद रकम बाँडेको थियो।
कोरोना महामारीबाट निम्तिएको आर्थिक संकटबाट आफ्ना नागरिकलाई बाहिर निकाल्न दक्षिण कोरियाले पैसा बाँड्ने रणनीति लिएको हो।