अभिनेता जीवन लुइँटेलको आज जन्मदिन



काठमाडौ । नेपाली चलचित्र क्षेत्रका अभिनेता जीवन लुइँटेलको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३९ औं जन्मदिन मनाउदैछन्।
जन्मदिनको अवसरमा उनलाई आज सामाजिक सञ्जालमा सुभकामनाको ओइरो लागेको छ । नेपालि चलचित्रमा छुट्टै पहिचान बनाउन सफल उनले चलचित्र ‘नाई नभन्नु ल’ बाट निकै चर्चामा आए ।
हालसम्म दर्जनौ चलचित्रमा अभिनय गरेका लुइटेल पछिल्लो समय चलचित्रमा देखिएका छैनन् । वैबाहिक बन्धनमा बाँधिएपछि अमेरिका गएका उनी अहिले उतै समय बिताइरहेका छन् ।
हाल अमेरिकामा आफ्नो जिन्दगी बिताइरहेका जीवनले नाइ नभन्नु ल, बिन्दास, स्टुपिड मन, अन्दाज, ऋदम, ठूली, भूलभूलैया, नोटबूक लगायतका धेरै चलचित्रमा अभिनय गरे ।