अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को टिजर सार्वजनिक, तिहारमा रिलिज हुने



काठमाडौं - बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को टिजर सार्वजनिक भएको छ। टिजरमा अक्षय कुमार नौलो लूकमा देखिएका छन् । यस फिल्म नोभेम्बर ९ मा रिलिज हुने भएको छ ।
फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुनेछ । फिल्म तिहारको अवसर पारेर रिलिज हुने अभिनेता अक्षयले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
फिल्ममा अक्षकुमार र अभिनेत्री कियरा आडवाणीको मुख्य भूमिका रहेको छ । यो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुने महंगो फिल्म हुने भएको छ । https://youtu.be/AS01joYzFYA