मोटीघाटी सुमीको मायामा पुष्प



काठमाडौं । अभिनेता पुष्प खडका र अभिनेत्री सुमी मोक्तान फिचर्ड ‘मोटीघाटी माया’को भिडियो सार्वजनिक भएको छ । गीतमा मेलिना राई र कोशिश क्षेत्रीको स्वर, कोशिसकै संगीत, लेखु सहयात्रीको शब्द र उदयराज पौडेलको एरेन्ज छ ।
सार्वजनिक भिडियोको सुरुमा सुमीको एक्सनलाई देखाइएको छ । भिडियोमा दुवै कलाकारको धमाकेदार नृत्य देखाइएको छ ।
भिडियोमा उत्तम हुमागाईंको छायांकन, रमेश थापाको सम्पादन सुरेन्द्र बस्यालको कोरियोग्राफी र हरि हुमागाईंको निर्देशन छ ।