जनवरीमा बुबा बन्दै विराट कोहली



एजेन्सी । भारतका चर्चित क्रिकेटर विराट कोहली र उनकी पत्नि अनुष्का शर्मा बुबाआमा बन्दैछन् ।
भारतिय मिडियाका अनुसार विराट जनवरीमा बुबा बन्न सक्ने भएकाले उनले अष्ट्रेलियासँगको म्याच छोड्न सक्ने बताइएको छ ।
भारतीय क्रिकेट टीम ११ नोभेम्बरमा अष्ट्रेलिया जाँदैछ । कोहलीले म्याच छाड्ने भएमा वा विदामा बसेमा रोहित शर्मालाई जिम्मेवारी दिन सक्ने बताइएको छ ।
अनुश्काले अगस्ट २७ मा आफ्नो गर्भावस्था बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन् । अहिले भने कोहोली दम्पत्तीलाई धेरैले बधाई दिइरहेका छन् ।