बागमती प्रदेशका मुख्यमन्त्री संसदीय दलको नेताबाट बर्खास्त



काठमाडौं ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल संसदीय दलको नेताबाट बर्खास्त भएका छन् । उनलाई संसदीय दलको नेताबाट हटाएर नेकपाका बहुमत सदस्यले अष्टलक्ष्मी शाक्यलाई चयन गरेका छन् ।
मुख्यमन्त्री पौडलेविरुद्ध यसअघि नै अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । नेकपा विभाजनपछि मुख्यमन्त्री पौडेल संकटमा परेका हुन् । बागमती प्रदेशमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले ओली निकट पौडेललाई हटाएर शाक्यलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । दृष्टिन्युज